
काठमाडौं । न्यायपरिषदले ७७ जिल्ला न्यायाधीशलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरेको छ ।
परिषदले थप १७ जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाएको छ । यस्तै न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको छ भने थप २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा परामर्श दिएको छ । परिषदको सिफारिस अनुसार निर्वाचन आयोगले उनीहरुको नियुक्ति गर्नेछ ।