शनिबार , भाद्र १३, २०८३

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा ‘कालजयी काम के भयो ?’ भन्दै प्रश्न गरेका छन् ।

वर्तमान संसद्को अन्तिम बैठकमा शनिबार उनले जनताले दुई तिहाइ बहुमत दिए पनि कुनै काम हुन नसकेको आरोप लगाए । ‘जनताले के काम सम्झने ? धरहरा ठड्याएँ भन्ने हो ? रानीपोखरी बनाएँ भन्ने हो ?’, खनालले प्रश्न गरे ।

उनले देशमा रूपान्तरण गर्ने हो भने कृषिक्रान्ति गर्नुपर्ने भए पनि क्रान्तिको ‘क’ पनि उच्चारण नभएको बताएका छन् । एमालेले अझै बहुमत ल्याउने दाबी गरेकोप्रति सांसद खनालले ‘दुई तिहाइ भनेको हो कि दुई/तीन जना ?’ भन्दै कटाक्ष समेत गरे ।

‘के भनेर उहाँहरू निर्वाचनमा जानुहुन्छ, मलाई बडा अनौठो लागिरहेको छ । के गर्छौँ भनेर जाने ? चार-चार वर्ष सरकारमा बस्दा किसानको कुनै समस्या अघि ल्याउँदै नल्याउने । फेरि पनि दुई तिहाइ चाहिँ ल्याउँछौँ भनिरहने । दुई तिहाइ के आउँथ्यो’, उनले भने, ‘दुई/तीन जना आउने भनेको हो कि ? साँच्चै दुई तिहाइ ! बडो अनौठो कुरा छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP