शनिबार , भाद्र १३, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आज (शनिबार) देखि चुरोट तथा सुर्ती सेवन गर्न नपाइने भएको छ । महानगरपालिकाले यसअघि नै सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान नपाइने जनाएको हो ।

सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउन लागेको भन्दै महानगरले अटेर गर्नेलाई कानुनी कारबाही गर्ने तथा जरिबाना तिराइने चेतावनी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP