शनिबार , भाद्र १३, २०८३

काठमाडौं । दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै आज (शनिबार) देखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्दै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।

नयाँ बसपार्कमा धेरै गाडी गुड्ने ठाउँमा अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा अहिलेकै काउन्टरबाट व्यवस्थापन गरिएको छ । अनलाइनबाट पनि टिकट लिन मिल्ने व्यवसायीहरुले बताएका छन् । तर सबै ठाउँ र सबै बस कम्पनीको अनलाइनबाट बुकिङ गर्न मिल्दैन । टिकट लिँदा भाडादर र टिकट वितरकको बारेमा राम्रोसँग जानकारी लिन र आधिकारिक व्यक्ति र काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवस्था विभागले भन्दै आएको छ ।

कहाँ जान कति भाडा लाग्छ ?

आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला गर्ने र फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने निणर्य यसअघि नै भएको हो । यातायात सुव्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै फूलपातीको अघिल्लो दिनदेखि एकादशीसम्म मालवाहक गाडी सञ्चालनमा रोक लगाउने निणर्य भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

दशैँको बेला काठमाण्डौबाट बाहिरिनेको सङ्ख्या धेरै हुने हुँदा यातायात व्यवस्थापनमा समस्या हुने गरेको छ । बाढीपहिरोका कारण बिग्रेभत्किएका सडक मर्मत गर्न यातायात व्यवसायीले सडक विभागलाई आग्रह गरे पनि मनसुन कायमै रहेकाले मर्मतको काम भने हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

TOP