मंगलबार , बैसाख ९, २०८२

काठमाडौं । दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै आज (शनिबार) देखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्दै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।

नयाँ बसपार्कमा धेरै गाडी गुड्ने ठाउँमा अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा अहिलेकै काउन्टरबाट व्यवस्थापन गरिएको छ । अनलाइनबाट पनि टिकट लिन मिल्ने व्यवसायीहरुले बताएका छन् । तर सबै ठाउँ र सबै बस कम्पनीको अनलाइनबाट बुकिङ गर्न मिल्दैन । टिकट लिँदा भाडादर र टिकट वितरकको बारेमा राम्रोसँग जानकारी लिन र आधिकारिक व्यक्ति र काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवस्था विभागले भन्दै आएको छ ।

कहाँ जान कति भाडा लाग्छ ?

आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला गर्ने र फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने निणर्य यसअघि नै भएको हो । यातायात सुव्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै फूलपातीको अघिल्लो दिनदेखि एकादशीसम्म मालवाहक गाडी सञ्चालनमा रोक लगाउने निणर्य भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

दशैँको बेला काठमाण्डौबाट बाहिरिनेको सङ्ख्या धेरै हुने हुँदा यातायात व्यवस्थापनमा समस्या हुने गरेको छ । बाढीपहिरोका कारण बिग्रेभत्किएका सडक मर्मत गर्न यातायात व्यवसायीले सडक विभागलाई आग्रह गरे पनि मनसुन कायमै रहेकाले मर्मतको काम भने हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

TOP