शनिबार , भाद्र १३, २०८३

काठमाडौं । डेंगु संक्रमणबाट २० दिनको अवधिमै देशभर ११ जनाले ज्यान गुमाएका छन् । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २० दिनयता ११ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् ।

yjn7निसर्ग अस्पताल कैलालीमा ३५ वर्षीया महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ ।

त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पतालमा ५६ वर्षीय पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २७ वर्षीया महिला र ३५ वर्षीय पुरुष र नर्भिक अस्पतालमा ३७ वर्षीया महिला गरी ११ जनाको मृत्यु भएको छ ।
देशभर डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बुधबारसम्मको तथ्यांकअनुसार देशका ७५ वटा जिल्लामा फैलिएको डेंगुबाट १२ हजार दुई सय १७ जना संक्रमित भएका छन् । हाल उपत्यकासँगै तराईका जिल्लामा यसको संक्रमण तीव्र छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP