शनिबार , भाद्र १३, २०८३

मोरङ । मोरङ निर्वाचन क्षेत्र-३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी अभिनेत्री तथा नेतृ रेखा थापा चुनावी अभियानमा व्यस्त भएकी छिन् । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रँदै छिन् ।

चुनावी अभियान अन्तर्गत उनले निर्वाचन क्षेत्र मोरङ-३ मा पर्ने पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दर हरैँचाका मतदातासँग भेटघाट गरेकी छन् । उनले मोरङ-३ का विभिन्न गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरुसँग समस्याहरूबारे जानकारी लिएकी छन् ।

घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा, दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिद विक्री गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्नेलाई अब जनताले भविष्य सुम्पिनु नहुने बताइन् ।

मोरङ क्षेत्र नम्बर-३ बाट नेकपा एमालेका तर्फबाट पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनील शर्माको नाम चर्चामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP