मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बुधबार (भोलि) पनि महाभियोग सिफारिस समितिको बैठक बस्ने भएको छ ।

समितिको आज (मंगलबार) सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन भोलि पुनः बैठक बोलाइएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन् ।

‘अहिलेसम्म बयानका क्रममा उहाँले उल्लेख गर्नु भएको कुराहरूलाई रेकर्डमा उतार्छौं । त्यसको आधारमा पूरक प्रश्नका लागि उहाँलाई बोलाउने भन्ने कुरा भएको छ । भोलि बिहान ९ बजे समितिको बैठक छ । सो बैठकले यस विषयमा थप स्पष्ट पार्छ’, उनले भने ।

city
जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो । आजको बैठकमा प्रश्न नम्बर ३६ देखि ४३ नम्बर सम्मको प्रश्नको जवाफ लिने काम भएको समितिको जनाएको छ । प्रवक्ता गौतमका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरूलाई पनि आवश्यक्ता अनुसार बयान लिने समितिको योजना छ ।

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भने महाभियोग सिफारिस समितिका सबै बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन समितिसँग माग गरेको छ । यसअघिका बैठकका निर्णयहरू गलत ढंगले आम सञ्चार माध्याममा प्रसारण भएकाले त्यसो हुन नदिन अबका सबै बैठकहरू प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाउन आफूहरूले माग गरेको एमालेका उपाध्यक्ष एवम् समितिका सदस्य विष्णु पौडेलले जानकारी दिए ।

‘माननीय सदस्य ज्यूहरुको कुनै प्रश्न भए समय लिएर प्रश्न सोध्न सक्नुहुन्छ’, सभापति विष्टले भने । तर उनलाई रोक्दै एमाले सांसद विष्णु पौडेलले आजै पूरक प्रश्न सोध्न नहुने बताए । ‘यसो गरौँ न सभापति ज्यू, प्रश्न सोध्नका लागि बयान पहिले हाडकपीमा उतारेर प्रधानन्यायाधीश ज्यूलाई सही गराउनु पर्‍यो । त्यसका आधारमा हामी प्रश्न गर्छौ’, पौडेलले भने, ‘अहिले केको आधारमा प्रश्न सोध्ने त ?’

त्यसपछि सांसद कृष्णभक्त पोखरेलले पनि त्यसैमा थपे । उनले बयान लिने प्रक्रिया सुरुदेखि नै त्रुटिपूर्ण रहेको बताए । हरेक दिनको बयान सकिएपछि चोलेन्द्रलाई हस्ताक्षर गराएर मात्रै पठाउनुपर्नेमा त्यसो नगरिएको बताए । भिडिओका सबै कुरा उतारेपछि मात्रै प्रतिप्रश्न गर्ने सांसद पोखरेलले बताए । कर्मचारीले भिडिओ हार्डकपीमा उतारेर वितरण गरेपछि मात्रै पूरक प्रश्न सोध्ने बताए । लालबाबु पण्डितले पनि लिखित रुपमा बयान आइसकेपछि मात्रै पूरक प्रश्न सोध्ने बताए ।

तीनै जना एमाले सांसदको प्रतिक्रियापछि चोलेन्द्रले पनि यो बयान जस्ताको तस्तै सार्दा दोहोरिने र अर्थ समेत नबुझिने हुने भएकाले आफ्नो अडिओलाई नै बयानको प्रमाणको रुपमा लिन आफूले पत्र लेख्ने बताए । एमाले सांसद पौडेलले बयानको अडिओ भिडिओ समितिसँग भएकाले उतारेर चोलेन्द्रलाई दिने र सच्याएर सही गरेर दिइसकेपछि मात्रै पूरक प्रश्नमा जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP