मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई मुलुकबीच बढिरहेको रणनीतिक साझेदारीलाई प्राथमिकतामा राखी नेपालमा चीनले ठूलो लगानी बढाइदिओस् भन्ने चाहना रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँगको द्विपक्षीय प्रतिनिधिमण्डल संवादका दौरान अध्यक्ष प्रचण्डले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई राष्ट्रपति सी चिनफिङको भ्रमणले थप उचाइमा पुर्‍याएको बताएका थिए । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत राणनीतिक साझेदारी गरेको र उक्त साझेदारी नेपालको विकास र समृद्धिमा चीन सरकारले सहयोग गर्नुपर्ने बताए ।

‘नेपाल-चीनबीच जुन रणनीतिक साझेदारी अघि बढिरहेको छ, नेपालको प्राथमिकता निर्धारण गरेर अलि ठूलो मात्राको लगानी नेपालमा बढाइदिनु पर्‍यो,’ अध्यक्ष प्रचण्डलाई उदृत गर्दै मल्लले भने । साथै, दाहालले अध्यक्ष लीलाई नाकाहरु खुलाउनुको लागि पनि आग्रह गरे ।

दाहालले नेपालमा चीन सरकारबाट भइरहेका विकास निर्माणको कार्यक्रम छिटोछिटो गर्नको लागि पनि आग्रह गरे । दाहालले चीनसँग नेपालको व्यापार असन्तुलन भएको पनि उल्लेख गरे । उक्त संवादमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उर्जामन्त्री पम्फा भूसाललगायत उपस्थित रहेका थिए ।

जवाफमा चिनियाँ अध्यक्ष लीले नेपालको आर्थिक विकास र समृद्धिमा सधैं सहयोग गर्ने वाचा गरेका थिए । लीले नेपालले आफ्नो प्राथमिकता आफैं निर्धारण गर्नुपर्ने पनि बताए । अध्यक्ष लीले भने, ‘हामी मार्क्सवादीहरु हौं । विश्वमा हाम्रो एउटै भावनात्मक सम्बन्ध रहेको छ ।’ चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुले तिब्बती परिचय पत्र र नेपालबाट पास भएको एमसीसी परियोजनाको विषयमा जिज्ञासा राखेका छन् ।

माओवादी केन्द्रका अध्यक्षसहित पदाधिकारीसँग मंगलबार संसद भवन नयाँ बानेश्वरमा भेट गर्दै चाङ्सुले २ विषयमा चासो राखेका हुन् । ‘तिब्बती परिचयपत्र र एमसीसीको विषयमा उहाँको चासो थियो,’ छलफलमा सहभागी एक नेताले दद्धभने, ‘यसबारेमा अध्यक्ष प्रचण्डले नेपालको भूगोलबाट चीनविरुद्धको कुनैपनि गतिविधि हुन नदिने प्रष्ट पार्नुभयो ।’

एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध भएकोले चीनविरुद्ध कुनै पनि गतिविधि हुँदैन, चीनसँग सीमा जोडिएको क्षेत्र वरिपरिका भौगोलिक सीमाना, र भूगोलमा त्यसखालको गतिविधि हुन दिदैँन ।’ प्रचण्डले एमसीसी पास गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको र त्यो ऐनकै रुपमा रहेको प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP