मंगलबार , बैसाख २९, २०८३

बुटवल । किसानले लगाएको धान खेतीमा समस्या देखिन थालेसँगै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वाली उपचार शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले किसानहरूले धान खेतीमा समस्या देखिएकोले शिविर सञ्चालन गरेको बताए । उनले किसानहरूले लगाएको धान पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसँगै रोगको पहिचान सहित उपचारको प्रबन्ध मिलाउनको लागि शिविर सञ्चालन गरिएको बताए । उनले यहाँ देखिएको समस्याको रिपोर्ट अनुसार नगरपालिकाले तत्काल केही व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

राष्ट्रिय गहुबाली अनुसन्धान कार्यक्रमका बालिरोग वैज्ञानिक लक्ष्मण अर्यालले यस क्षेत्रमा मुख्य गरी खैरो थोप्ले रोग र फेद डढुवा रोल देखिएको बताए । उनका अनुसार खैरो थोप्ले रोगले पातमा समस्या आउने र पात डढाउने काम गर्दछ भने शीत फ्लाईड (फेद डढुवा) रोगले यसमा फेदबाट सुरु हुने र धानको रुख नै सुक्दै जाने बताए ।उनले अहिलेको अवस्थामा यी रोगलाई विषादीको प्रयोगबाट नियन्त्रण गर्न सकिने भए पनि बिउ छनोटमा ध्यान दिएमा यो समस्या भोग्नु नपर्ने बताए ।

राष्ट्रिय गहुबाली अनुसन्धान कार्यक्रमका कीट वैज्ञानिक विनीता शर्माले यस क्षेत्रमा मिलिबग नामक किराको समस्या रहेको बताइन् । उनले यो रोगको कारणले धानको बिरुवा कमजोर हुने, गाँज हाल्न नसक्ने, पात डढ्ने, पहेँलो र कमजोर हुने हुँदा यसको समाधानका उपायको बारेमा स्थानीयलाई बताएको बताइन् । उनले यो समस्यालाई यो वर्ष नै समाधान नगरे अर्को बाली तथा अर्को वर्ष समेत समस्या सिर्जना गर्ने बताइन् ।

यता किसानहरूले पनि मुख्य बाली धान खेती गर्दा नै समस्या आउँदा जीविकोपार्जनमा समेत समस्या आएको बताएका थिए ।उनीहरूले सिचाई तथा मलको उचित व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । तिलोत्तमा नगरपालिका १६ मा भएको वाली उपचार शिविरबाट २ सय बढी किसानहरूले लाभ लिएको तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP