शनिबार , भाद्र १३, २०८३

काठमाडौं । सत्तरुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट अझै टुंग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार आठ घण्टा ४० मिनेट बसेको गठबन्धन आवद्ध दलका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट टुंग्याउन नसकेको हो ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटसहित तालमेल गर्ने तयारी छ । तर, सिट बाँडफाँटका लागि बसेका बैठक निष्कर्षविहीन बनिरहेको छ ।

सोमबार पनि बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको गठबन्धन कार्यदल सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार एउटै सिटमा दोहोरो/तेहेरो दाबी परेपछि सोमबारको बैठकले पनि सहमति जुटाउन सकेन । तर, गठबन्धन सहमतिको नजिकमा पुगेको उनको दाबी छ । असहमतिलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP