शनिबार , भाद्र १३, २०८३

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजना पारित गरिएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो ।

‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ पारित भएको गृह प्रवक्ता एवं सहसचिव फणिन्द्रमणी पोखरेलले बताए ।

बैठकले तहमा सुरक्षा घेरा बनाउने निणर्य पारित गरेको उनले बताए । निर्वाचन आयोगले निर्धारण गर्ने मतदान केन्द्रको आधारमा चुनावमा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या परिचालन गर्ने बैठकले निष्कर्ष निकालेको छ ।

निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा सेना खटाउने निर्णय गरिएको छ । सेना परिचालनका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई आग्रह गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP