मंगलबार , अषोज २७, २०८३

भैरहवा । साबिक विजेता फर्साटिकर युथ क्लब रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार कोटीहवा स्थित पशुपति माविको मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोर्खा व्वाइज स्पोर्टश क्लब बुटवललाई ३-० गोलले पराजित गर्दै फर्साटिकर क्लब सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

फर्साटिकरको जितमा खेल सुरु भएको १९ औं मिनेटमा विवेक पुनले पहिलो गोल गर्दै १-०ले अग्रता दिलाएका थिए । ३० औं मिनेटमा बलराम न्यौपानेले गोल गरी २-० को अग्रता बनाउन सफल भए । मध्यान्तर सम्म २ गोलले पछि परेको गोर्खा ब्वाईजले ३ वटा राम्रा अवसर पाएको थियो खेलमा फर्कन । तर मौका चुकायो ।

मध्यान्तर पछि ६४ मिनेटमा फर्साटिकरका निजाम अलिले गोल गर्दै ३-० को अग्रता पुर्‍याए । जितसँगै साबिक विजेता फर्साटिकर युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलमा फर्साटिकरका विष्णु लामा म्यान अफ द म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । लामालाई तिलोत्तमा १६ का समाजसेवी एवं क्लबका शुभेच्छुक पुरुषोत्तम सुबेदीले पुरस्कार दिए ।

त्यसै गरी सोही क्लबका बलराम न्यौपाने माईडिया म्यान अफ द मुभमेन्ट बाट पुरस्कृत भए । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्जाका गरी १६ टिमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् ।

त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।

प्रतियोगितामा यस पटक सोही स्थानकी श्रीमाया गुरुङले आफ्ना बुवा स्व. डिमबहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रूपमा सहयोग गरेको क्लबले जनाएको छ । सोमबार दोस्रो क्वाटर फाइनल खेलमा फोर ब्रदर्श एफ.सी. नवलपरासी तथा राईजिङ्ग स्टार युवा क्लब शिवराज नगरपालिका कपिलवस्तु बिच हुने आयोजक लिस्नु युवा क्लब का सचिव मनोज क्षेत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP