मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका तयारी चलिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित आज (सोमबार) अपराह्न काठमाडौं आउँदै छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ । चीनका राष्ट्रपति सीले सीपीसीको २० औं जनकंग्रेसअघि लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । उनी रुस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ । मन्त्रीस्तरका ६ नेता समेत रहेको लीको टोली विशेष विमानमा नेपाल आउन लागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । ली चिनियाँ संविधानअनुसार दोस्रो वरीयता र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तेस्रो वरीयतामा पर्छन् ।

अध्यक्ष लीले सोमबार नै सभामुख अग्निप्रसाद सापकोटासँग नयाँ बानेश्वरस्थित संसद् भवनमा द्विपक्षीय वार्ता गर्नेछन् । उक्त संसद् भवन चीनले नै निर्माण गरिदिएको हो । द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकंग्रेसबीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदानप्रदानका सम्बन्धमा सम्झौता हुने गृहकार्य भइरहेको संसद् सचिवालयका एक पदाधिकारीले जानकारी दिए ।

सभामुख सापकोटाले सोमबार नै लीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् । अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि अध्यक्ष लीको नयाँ बानेश्वरमै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अध्यक्ष लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ । ती दुवै भेटवार्ता बानेश्वरको संसद् भवनमै हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार ली बिहीबार नेपालबाट फर्कने कार्यक्रम छ ।

आसन्न आमनिर्वाचन र चीनमा अर्को महिना हुन लागेको सीपीसीको २० औं जनकंग्रेसका बारेमा पनि दुई पक्षबीच विचार आदानप्रदान हुने बताइएको छ । चीनका राष्ट्रपति सी चिनफिङको २०७६ असोज २५-२६ मा भएको दुई दिने राजकीय भ्रमण गरेयता अध्यक्ष लीको नेपालमा दोस्रो ठूलो उच्च तहको भ्रमण हो ।

सी नेपालमा २३ वर्षपछि भ्रमण गर्ने चीनका राष्ट्रपति हुन् । चिनियाँ अध्यक्ष ली सभामुख सापकोटाको निमन्त्रणमा नेपाल आएका लागेका हुन् । सापकोटाले गत चैत २९ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको नियन्त्रणा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP