शनिबार , भाद्र १३, २०८३

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

अध्यक्ष झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० गते) सम्म नेपाल औपचारिक भ्रमण गर्ने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्नु हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । सोही साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नेछन् ।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नेछन् । यसैगरी सोही दिन उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन् भने परराष्ट्रमन्त्री डा. नारायण खड्काले उनीसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि उनको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष झान्शु यही भदौ ३० गते बिहिबार बिहान विशेष विमानबाटै स्वदेश फर्किर्ने कार्यक्रम छ ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीमा तेस्रो वरीयताका उनी तीन दिनका लागि नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिने शोक घोषणा गरेका बेला चिनियाँ नेताको औपचारिक भ्रमण हुन लागेको हो ।

उनी सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउँदै छन् । लीको सबै राजनीतिक भेटघाटको कार्यक्रममा संसद भवन नयाँबानेश्वरमा हुने भएको छ । उनी करिब सयजनाको टोलीसहित आउन लागेपछि नेपाली सेनाका कणर्ेल (प्रमुख सेनानी) को कमान्डमा सुरक्षा बन्दोबस्त गर्न थालिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार सेनाले सुरक्षाका लागि संसद भवन नयाँबानेश्वरमा पनि विशेष तयारी थालिसकेको छ । सरकारले कणर्ेलको नेतृत्वमा खटिने सेनाको टोलीबारे विस्तृत खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP