मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । काभ्रेपलाञ्चोक र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१० खोपासी घर भई सिन्धुपाल्चोक मेलम्चीस्थित विद्युत वितरण केन्द्रमा काम गर्ने ३९ वर्षीय ईश्वर गुरागाईको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

मेलम्ची नगरपालिका-१३ स्थित ट्रान्सर्फमरमा डिपो चेन्ज गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका-३ गैरीगाउँ झिलमिलेस्थित आफन्तकोमा आएका पाँचथर याङबरक गाउँपालिका-६ नागी घर भएका ३२ वर्षीय कमल बराईलीको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । झिलमिलेस्थित कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी झापाको हल्दिबारी गाउँपालिका-५ बस्ने ६१ वर्षीय ओम बहादुर थाम्सुहाङको सोही ठाउँस्थित भुतेनी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

झापाकै मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४७ वर्षीय सन्त चौधरीको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । सोही नगरपालिका-११ हडिया खोलामा विद्युतीय तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP