मंगलबार , बैसाख २९, २०८३

बुटवल । रुपन्देहीको बुटवलमा घरबाट विद्यालय जान हिंडेका तीन बालक शुक्रबारदेखि बेपत्ता भएका छन् । परिवारका अनुसार बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गएका थिए ।

तर, विद्यालयमा हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएका हुन् । नवीन औद्योगिक मावि कक्षा-९ मा पढ्ने दुई र नहरपुर मावि कक्षा-८ मा अध्ययनरत एक जना सँगै घरबाट निस्केको र सम्पर्कविहीन भएको परिवारले जनाएको छ । सागरका मामा राजु पन्थीले झोला बोकेर विद्यालय गए पनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताए ।

परिवारका अनुसार बेपत्तामध्ये समीरले शनिबार दिउँसो करिब २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञातस्थलमा राखिएको जानकारी गराएका छन् । उनले आफूहरूलाई अचेत बनाएर ल्याएको र २ बजे मात्र होस खुलेको म्यासेजमा लेखे पनि त्यसपछि कुनै सम्पर्क भएको छैन ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले परिवारको निवेदनानुसार सबैतिर खोजबिन गरिएको बताए । शनिबार भएकाले कलडिटेल र अरू प्रविधिबाट भने हेर्न नसकिएको उनले बताएका छन् । बालकहरु अपहरणमा परेको हुन सक्ने आशंका गर्दै प्रहरीले आज घटनाको विस्तृत अध्यनन् र अनुसन्धान गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP