शनिबार , भाद्र १३, २०८३

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तप्रति आपत्ति जनाएका छन् । आज (शनिबार) बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? भन्दै आपत्ति जनाएका हुन् ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित कार्यक्रममा नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका थिए । अध्यक्ष ओलीले आगामी निर्वाचन देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचनको रूपमा संज्ञा दिए। उनले नियमित प्रक्रियाको निर्वाचन नभइ देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचन भएको बताए ।

ओलीले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको चुनाव हुँदैछ। नियमित प्रक्रियाको निर्वाचन हुन गइरहेको छैन । यो निर्वाचन देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचन हो ।’ एमाले लोकतान्त्रिक पार्टी रहेको बताउँदै उनले अहिलेको सरकार कसको नीतिमा चल्छ भन्दै प्रश्न गरेका छन् । अस्थिरता मच्चाएर आफ्नो दुनो सोझ्याउनेहरुले सरकार चलाइरहेको उनको भनाइ थियो । ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता गठबन्धनले उदण्डता देखाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP