बुधबार , असार ४, २०८२

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तप्रति आपत्ति जनाएका छन् । आज (शनिबार) बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? भन्दै आपत्ति जनाएका हुन् ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित कार्यक्रममा नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका थिए । अध्यक्ष ओलीले आगामी निर्वाचन देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचनको रूपमा संज्ञा दिए। उनले नियमित प्रक्रियाको निर्वाचन नभइ देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचन भएको बताए ।

ओलीले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको चुनाव हुँदैछ। नियमित प्रक्रियाको निर्वाचन हुन गइरहेको छैन । यो निर्वाचन देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचन हो ।’ एमाले लोकतान्त्रिक पार्टी रहेको बताउँदै उनले अहिलेको सरकार कसको नीतिमा चल्छ भन्दै प्रश्न गरेका छन् । अस्थिरता मच्चाएर आफ्नो दुनो सोझ्याउनेहरुले सरकार चलाइरहेको उनको भनाइ थियो । ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता गठबन्धनले उदण्डता देखाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP