शनिबार , भाद्र १३, २०८३

गुल्मी । गुल्मीको क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने भएकाले उम्मेदवार सिफारिस गरिएको बताएका छन् ।

प्रचण्डसहित नेता पुनाराम ज्ञवालीलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस गरिएको जीसीले बताए । पार्टीको प्रदेश कमिटीको बैठकमा उठेको एजेण्डा अनुसार केन्द्रीय तहका नेतालाई ल्याएर जिताउन सकिने क्षेत्रमा केन्द्रका नेतालाई प्रस्ताव गर्ने भन्ने रणनीति अनुरुप प्रचण्डको नाम सिफारिस गरिएको जीसीले उल्लेख गरे ।

उक्त निर्वाचन क्षेत्रको प्रदेश (क) मा पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य श्रृजना तरामु मगर र कालिगण्डकी गाउँपालिका अध्यक्ष लिलबहादुर केसी प्रदेश सदस्य उमेदवारमा सिफारिस भएका छन् ।

प्रदेश सभातर्फ १ को (ख) बाट जिल्ला पार्टी सचिव अशोक थापा (मुक्ति) जिल्ला सदस्य रामचन्द्र कँडेल र वाईसीएल अध्यक्ष अशोक श्रेष्ठ सिफारिसमा परेका छन् । गुल्मी क्षेत्र नम्वर २ बाट नेता भीमकान्त भण्डारी, बीरबहादुर कार्की र निमबहादुर पाण्डे सिफारिस भएका छन् । त्यस क्षेत्रको प्रदेश (क) मा खुमबहादुर थापा, ठाकुर पाण्डे र दुर्गा बिक सिफारिस भएका छन् । (ख) बाट बुद्धि जिसी, विनिता रोका पोखरेल र गोपाल कुँवर सिफारिस भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP