बुधबार , असार ४, २०८२

गुल्मी । गुल्मीको क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने भएकाले उम्मेदवार सिफारिस गरिएको बताएका छन् ।

प्रचण्डसहित नेता पुनाराम ज्ञवालीलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस गरिएको जीसीले बताए । पार्टीको प्रदेश कमिटीको बैठकमा उठेको एजेण्डा अनुसार केन्द्रीय तहका नेतालाई ल्याएर जिताउन सकिने क्षेत्रमा केन्द्रका नेतालाई प्रस्ताव गर्ने भन्ने रणनीति अनुरुप प्रचण्डको नाम सिफारिस गरिएको जीसीले उल्लेख गरे ।

उक्त निर्वाचन क्षेत्रको प्रदेश (क) मा पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य श्रृजना तरामु मगर र कालिगण्डकी गाउँपालिका अध्यक्ष लिलबहादुर केसी प्रदेश सदस्य उमेदवारमा सिफारिस भएका छन् ।

प्रदेश सभातर्फ १ को (ख) बाट जिल्ला पार्टी सचिव अशोक थापा (मुक्ति) जिल्ला सदस्य रामचन्द्र कँडेल र वाईसीएल अध्यक्ष अशोक श्रेष्ठ सिफारिसमा परेका छन् । गुल्मी क्षेत्र नम्वर २ बाट नेता भीमकान्त भण्डारी, बीरबहादुर कार्की र निमबहादुर पाण्डे सिफारिस भएका छन् । त्यस क्षेत्रको प्रदेश (क) मा खुमबहादुर थापा, ठाकुर पाण्डे र दुर्गा बिक सिफारिस भएका छन् । (ख) बाट बुद्धि जिसी, विनिता रोका पोखरेल र गोपाल कुँवर सिफारिस भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP