मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोग गर्न मानव समाजलाई प्रेरित गर्ने गरेको बताएकी छिन् ।

कुमारी इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै उनले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ नेपाली समाजलाई अघि बढ्न प्रेरणा मिल्ने उल्लेख गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले इन्द्रजात्रा पर्वले प्रकृति र मानव समाज बीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने गरेको बताइन् । उनले सन्देशमा शताब्दियौँदेखि प्रचलनमा रहेका मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने कुरा उल्लेख गरिन् ।

उनले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उल्लेख गरेकी छिन् । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्रजात्रा शुभारम्भ गरी आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै नेपाली मौलिक चाडपर्वले जातीय, भाषिक, सांस्कृतिक विविधता युक्त नेपाली समाजलाई एकताबद्ध बनाउने बताएका छन् । उनले धर्म संस्कृति, चाडपर्वको संरक्षण र संवर्द्धन गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP