मंगलबार , बैसाख २९, २०८३

 एप्पलले आईफोन १४ रिलिज गरेको छ। बुधबार साँझ अमेरिकामा भएको एक इभेन्टमा आईफोनका चार वटा नयाँ सिरिज रिलिज भएका हुन्।

आईफोन १४ मा इमर्जेन्सी स्याटेलाइट कनेक्टिभिटी र कार दुर्घटना पत्ता लगाउने उच्चतम टेक्नोलोजि समेत राखिएको छ।

कम्पनीले आफ्नो कपर्टिनो मुख्यालयमा चार वटा फोनहरू रिलिज गरेको छ। कोरोना महामारीपछि एप्पलले पहिलो पटक भाैतिक उपस्थितिमा दर्शकहरूको माझ आईफोन १४ रिलिज गरेको हो।

कार्यक्रममा आईफोन, एप्पल वाच र एयरपडहरू रिलिज गरिएको थियो।

एप्पलले सार्वजनिक गरेका चार सिरिजहरूमा आईफोन एसइ, आईफोन १२, आईफोन १३, आईफोन १४ र आईफोन १४ प्रो रहेका छन्। चार मोडल सार्वजनिक भएता पनि आईफोन १४ का पनि चार भेरियन्ट सार्वजनिक गरिएको छ। तिनमा आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स रहेका छन्।

नयाँ ह्यान्डसेटहरूले स्याटेलाइट मार्फत आपतकालीन कल गर्न सक्ने जानकारी दिइएको छ। आईफोन-१४ ले स्याटेलाइटको मद्दतबाट सामान्य म्यासेज पठाउन १५ सेकेन्डदेखि केही मिनेटसम्म लगाउने बताइएको छ।

आईफोन १४मा सबैभन्दा परिष्कृत फिचर यसको क्यामेरा भएको बताइएको छ। उच्च गतिमा चलेका वस्तुहरूको समेत उच्चस्तरको फोटो खिच्नका लागि नयाँ फिचर राखिएको छ। त्यसैगरी, मधुरो प्रकाश भएको ठाउँमा फोटो खिच्नका लागि पछिल्लो संस्करणको तुलनामा ४९ प्रतिशत सुधार गरिएको जानकारी दिइएको छ।

अगाडिको क्यामेरामा पहिलो पटक अटो-फोकस फिचर समावेश गरिएको छ। यसले उच्च स्तरको सेल्फी खिच्न सकिने कम्पनीको दाबी छ। एप्पलले दाबी गरे अनुसार प्रयोगकर्ताहरूले एप्पल डिभाइसबाट पछिल्लो १२ महिनामा तीन ट्रिलियनभन्दा बढी फोटो खिचेका छन्।

आईफोन १४ प्रोमा डाइनामिक आइल्याण्ड फिचर समावेश गरिएको छ। आइफोनमा आएका नोटिफिकेशनका आधारमा आईफोन १४ प्रोको माथिल्लो भागमा रहेको कालो भाग ठूलो र सानो हुने हुँदा थप आकर्षक देखिने कम्पनीको दाबी छ।

एप्पलले बुधबारको इभेन्टमा नै एप्पल वाच अल्ट्रा र एयरपड्स तथा एप्पल वाच सिरिज ८ पनि सार्वजनिक गरेको छ।

यस्तो छ नयाँ आइफोनको सुरूवाति मूल्य ? (अमेरिकी डलरमा)

आइफोन एसइः $ ४२९

आइफोन १२ः ५९९

आइफोन १३ः ५९९

आइफोन १४ः ७९९

आइफोन १४ः ८९९

आइफोन प्रोः ९९९

आइफोन प्रो म्याक्सः १०९९

सामान्यतया आइफोनमा भएका मेमोरी र स्टोरेज भेरियसनका अनुसार आइफोनको मुल्य फरक-फरक हुने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP