मंगलबार , बैसाख २९, २०८३

रुपन्देही । लुम्बिनी प्रदेशका शिक्षा, युवा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँले सरकारले प्रदेश भित्रको शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको बताउनु भएको छ ।

उहाँले प्रदेश सरकारले आफ्नै बिश्व बिद्यालय सञ्चालन गर्ने गरी बाँकेको नेपालगञ्जमा लुम्बिनी प्राबिधिक बिश्व बिद्यालय स्थापना गरेको बताउदै शिक्षा क्षेत्रको बिकासका लागि आबश्यक बजेट छुट्टाएको बताउनु भयो ।
रुपन्देहीको सियारी गाउँपालिकामा तेश्रो सियारी शिक्षा दिवस तथा ५६ औ अन्तराष्ट्रिय शाक्षरता दिवस बिभिन्न कार्यक्रममा बोल्दै मन्त्री खाँले उच्च शिक्षामा पनि लगानी बृद्धि गएको बताउनु भयो ।

उहाँले सियारीलाई माछाको हवको साथै शिक्षाको हवको रुपमा बिकास गर्दै जाने योजना अनुसार सियारीको शिक्षा क्षेत्रमा बिभिन्न योजनाहरु परेको बताउनु भयो ।
उहाँले सियारीस्थित छपियामा प्रदेशकै नमुना बिज्ञान संग्रालय निर्माण गर्न लागिएको बताउनु भयो । सियारीको छपिया नमुना माविलाई प्रदेशकै नमुना संग्रालयको रुपमा बिकास गर्न १० करोड रुपैया बिनियोजन भएको र त्यसको काम केहि समय भित्रै शुरु हुने बताउनु भयो ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सियारीलाई पर्यटनका साथ साथै शिक्षाका क्षेत्रमा पनि परिचित बनाउने गरी कामहरु अगाडि बढेको बताउनु भयो । उहाँले यस क्षेत्रका कतिपय बिद्यालयहरुको स्तरोन्नती गर्नु पर्नेभएकाले प्रदेश सरकारले आबश्यक बजेटको प्रबन्ध मिलाईदिन मन्त्री खाँसमक्ष आग्रह गर्नु भयो ।

शिक्षा दिवसको अवसरमा सियारी गाउँपालिका भित्र शिक्षा क्षेत्रमा योगदान पु¥याउने शिक्षक, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, बिद्यार्थी लगाएतलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, शिक्षा शाखा प्रमुख सुधिर पौडेल लगाएतले बोल्दै १० बर्षे सियारी शैक्षिक योजना निर्माण गरी त्यसको कार्यन्वयनको बाटोमा रहेको उल्लेख गर्नुभयो । उहाँहरुले सियारीको शैक्षिक गुणस्तरमा सुधार आएको बताउदै सियारीलाई शैक्षिक हवको रुपमा बिकास गर्नका लागि पालिका लागिरहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP