मंगलबार , जेठ २८, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । नाबालिकमाथि बलात्कार गरेको उजुरी परेपछि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको हो ।

आज (बिहीबार) अपरान्ह जिल्ला अदालतले अनुमति दिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेपछि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न आवश्यक रहेको भन्दै अदालतमा पक्राउ गर्न अनुमति माग गरेको थियो ।

१७ वर्षीया किशोरीले लामिछानेविरुद्ध भदौ २३ गते जाहेरी दिएकी थिइन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।
अनुमति पाएसँगै अब प्रहरीले सन्दीपलाई जुनसुकै समयमा पक्राउ गर्न सकिने जनाएको छ । सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP