सोमबार , बैसाख ८, २०८२

काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो ।

प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जाकारी दिएका छन् । सिट बाँडफाँट करिब-करिब टुंगिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि संख्या सार्वजनिक गरिने कार्कीले बताएका छन् ।

सिट बाँडफाँटमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो । तर कार्यदल सहमति जुटाउन ठोस रुपमा सफल हुन सकेको छैन ।

गठबन्धनमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले २५ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्रमा दाबी गर्दै आएको छ । सिट बाँडफाँटमा कांग्रेस लचिलो भएर ८६ सिटमा झन तयार देखिए पनि यसमा पनि सहमति भइसकेको छैन ।

एक महिना गृहकार्य गर्दा पनि सिट बाँडफाँडको आधार, मोडालिटी र संख्या पूर्ण रूपमा टुंग्याउन नसकेपछि गठबन्धन कार्यदलले शीर्ष नेतृत्वलाई अधुरो प्रतिवेदन बुझाउँदै छ । मिलेका विषय टुंग्याएर नमिलेका विषयमा विकल्पसहित कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउन लागेको हो । प्रतिवेदन बुझाउनुअघि बिहीबार बिहान कार्यदल बैठक बस्दै छ ।

कार्यदलका एक सदस्यका अनुसार बुधबारसम्म करिब ९० सिटमा सहमति जुटेको छ । अन्य सिटमा कतै दोहोरो त कतै तेहेरो दाबी छ । ‘एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमध्ये ९० क्षेत्रको बाँडफाँड करिब टुंगिएको छ । करिब १० स्थानमा दोहोरो र करिब १५ स्थानमा तेहेरो दाबी छ । र, बाँकी क्षेत्र कुन क्षेत्र कसले लिने भन्ने टुंगिन सकेको छैन,’ कृष्ण सिटौला संयोजकत्वको सिट बाँडफाँडसम्बन्धी कार्यदलका एक सदस्यले भने ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेका कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP