मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज प्रेमी, आफन्त तथा साथीभाइबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला, औषधी उपचार खर्च बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । भेला र मनोरञ्जनमा सहभागिता भइएला । सेयर बजारको कारोबार पनि राम्रै सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्ने छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूणर्रूपमा सन्तोषप्रद रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सन्तानबाट सहयोग मिल्ने छ । सांस्कृतिक क्षेत्रमा रूचि बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । आर्थिक लाभ पनि मिल्न सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP