
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज प्रेमी, आफन्त तथा साथीभाइबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला, औषधी उपचार खर्च बढ्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । भेला र मनोरञ्जनमा सहभागिता भइएला । सेयर बजारको कारोबार पनि राम्रै सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्ने छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूणर्रूपमा सन्तोषप्रद रहने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ कार्यको थालनी पनि हुनसक्छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सन्तानबाट सहयोग मिल्ने छ । सांस्कृतिक क्षेत्रमा रूचि बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । आर्थिक लाभ पनि मिल्न सक्छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल