मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । दशैंका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले असोज १ गतेदेखि अग्रिम टिकट खुलाउने निर्णय गरेको हो ।

असोज १ गतेदेखि लामो तथा मध्यम दूरीका गाडीको अग्रिम टिकट खुलाउने र यसका लागि पूर्व तयारीका काम शुरु गर्ने सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिएका छन् ।

दशैँमा यात्रुलाई सास्ती नहोस् भनेर सडक विभागले मर्मत गर्ने, यात्रु र गाडीको सहजीकरणका लागि ट्राफिक प्रहरीले समन्वय गर्ने र भाडा पुनरावलोकनलगायतका विषयमा मन्त्रालय र विभागले पहल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP