शनिबार , भाद्र १३, २०८३

कैलाली । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी सिफारिस गर्दा खल्तीको नाम सिफारिस नगर्न सुझाव दिएका छन् ।

यदि पालिकाको सिफारिस नलिइ नाम सिफारिस गरिए नमान्ने उनले चेतावनी दिए । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई मंगलबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उम्मेदवार छान्ने मापदण्ड पनि बताइदिए । उनले २३ भदौसम्म सबै उम्मेदवारको नाम पार्टी कार्यालय आइसक्नुपर्ने बताए ।

‘खल्तीबाट सिफारिस भएको उम्मेदवार स्वीकार्य हुन्न,’ प्रचण्डले भने, ‘पालिकाको सिफारिसका आधारमा जिल्ला समन्वय समितिले प्रदेशमा पठाउने, पर्सीसम्म (२३ भदौ) केन्द्रीय कार्यालयमा उपलब्ध भइसक्नु पर्छ ।’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् । उनले गठबन्धनमा मागेअनुसार सिट भाग नपरे पनि सबैको अस्तित्व स्वीकार हुने गरी सिट बाँडफाँट हुने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP