मंगलबार , असार २३, २०८३

काठमाडौं । शेयर बजार आज (मंगलबार) पनि दोहोरो अंकले घटेर राताम्य भएको छ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज २१ दशमलव २२ अङ्कले घटेर एक हजार नौ सय ५१ दशमलव ७९ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । कारोबार रकम भने हिजोको तुलनामा सामान्य बढेको छ ।

हिजो ९१ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २७ वटा कम्पनीको ३२ लाख नौ हजार कित्ता शेयर एक अर्ब १९ करोड सात लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको नौ करोड १४ लाख र रिडी हाइड्रोको नौ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सानिमा माई हाइड्रोको शेयर झण्डै साढे सात प्रतिशत र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि उन्नति सहकार्य लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP