शनिबार , भाद्र १३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले प्रतिनिधिसभाको कार्यकालका विषयमा संविधानमै फर्केर निणर्य लिनुपर्ने उल्लेख गरे ।

‘देशमा राजनीति शान्त भएको समयमा यो विधेयक ल्याएको भए ठीक हुन्थ्यो । समयमै त्यो काम गर्नबाट चुक्यौं । स्थानीय निर्वाचनअघि स्थानीय सरकार, प्रदेश र संघीय संसदको कार्यकालबारे निणर्य गरेको भए हुन्थ्यो । तर हामीले गरेनौं । हामी यसमा चुक्यौं,’ उनले भने, ‘एउटा संसदबाट अर्को संसदमा जाँदा दुर्घटनाको अवस्था आउन सक्छ । संंसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ? यसबारे पनि सबै एक ठाउँमा आउनु पर्छ ।’

सांसद थापाले एक दुई महिनाका लागि सेवा सुविधा र पारिश्रमिक लिनका लागि अहिलेका सांसदहरूले मरिहत्ते गरेका हुन् भन्ने बुझाइ रहेको भन्दै संसदको प्रतिष्ठाका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । उनले अन्तिम मत परिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद्को सुरु होस् भनी आफूले संशोधन हालेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP