शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि अमेरिका भ्रमणमा नजाने भएका छन् । संयुक्त राष्ट्र संघ (यूएन)को ७७औं महासभामा सहभागी हुन उनी अमेरिका जाने चर्चा थियो ।

प्रधानमन्त्री देउवाको अमेरिकाको भ्रमणका लागि पटकपटक तयारी गरिए पनि भ्रमणको मिति तय हुन सकेको थिएन । पछिल्लो पटक यही १३ सेप्टेम्बरदेखि २७ सेप्टेम्बरसम्म हुने यूएनको ७७ औं महासभाको अवसरमा उनको अमेरिका भ्रमणको तय गरिएको थियो । तर अन्तिम समयमा सो सभामा प्रधानमन्त्री सहभागी नहुने भएका हुन् ।

एक त नेपालमा निर्वाचनको मिति तय भइसकेकको र अर्को अमेरिकाबाट द्विपक्षीय भ्रमणका विषयमा निश्चित मिति नआएको कारण प्रधानमन्त्री देउवा यूएन महासभामा सहभागी हुन अमेरिका नजाने मुडमा पुगेको बताइएको छ ।

सो महासभामा नेपालको प्रतिनिधिका रुपमा परराष्ट्रमन्त्री नारायण खड्का जाने बताइएको छ । खड्काको भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको भए पनि आगामी मन्त्रिपरिषदको निर्णयपछि मात्र पक्का हुनेछ ।

न्युयोर्कमा हुने महासभामा संयुक्त राष्ट्रसंघका सदस्य मुलुकका सरकार प्रमुख/राष्ट्रप्रमुख सहभागी हुने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP