सोमबार , जेठ २७, २०८२

सिचुआन – चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। दक्षिण पश्चिम चनिमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन्।

सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ।

गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो।

भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।

सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ। भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन्।

भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP