मंगलबार , बैसाख २९, २०८३

अमृत ज्ञवाली / डार्विन

प्रेमलाई अभिव्यक्त गर्ने सुन्दरमाध्यम संगित हो। दिन चर्या सॉझ र बिहान गर्दै चलिरहेको हुन्छ।  गीत भित्र माया प्रेम , दु:ख सुख तथा जीवनका आरोह अबरोहलाई सटिक ढंगले पंस्कनु नै त्यसको सफलता हो।

अष्ट्रेलियाको डार्बिनमा रहनु भएका शुशिल श्रेष्ठ मुख्य प्रस्तुतकर्ता रहेको म्युजिक भिडियो साँझ बिहान, यही फेब १४ यानिकी प्रेम दिवसको दिन रिलिज गरियो । नेपालकी चर्चित गायिका मेलिना राईको सुमधुर स्बरले भरिएको सो गितको शब्द गणेश खडकाको रहेको छ। एउटा गाउले परिबेशमा आधारित कथाबस्तुमा प्रेम संम्बन्धलाई जीवन्त राख्न प्रियसीले कुन हदसम्मको उतार चडाब पार गर्नु पर्र्दछ भन्ने भिडीयोमा देखाउन खोजिएको छ।  कलाकारले अभिनय मार्फ़त गीतको भाबलाई न्याय गरेको म्युजिक भिडियोका निर्देशक दोय  बि पी भन्डारी र श्रद्धा बराल रायले  बताउनु भयो। कथामा दाजु भाउजुको प्रत्यक्ष माया र स्नेहमा हुर्किएकी बैनीलाई कसरी संस्कारयुक्त बनाउने, एउटा अभिभाबकले निभाउनु पर्ने कर्तव्य को बारेमा भिडियो रहेको निर्माता  बिन्दु गुरुङ्ग श्रेष्ठले बताउनु भयो। प्रेमको महफिलमा डुबेकी युबतीलाई कहिले काही परिबारले नबुझी दिदा निस्कने भावनालाइ कसरी सान्तवनाले सम्बोधन गर्नुपर्दछ भन्ने सन्देश बालकलाकार अल्बिना श्रेष्ठ ले अभिनय मार्फ़त दिनुभएको छ।

उक्त गितको छायांकन अस्ट्रेलियाको नर्थन टेरट्री राज्य अन्तर्गतका पर्यटकिय स्थल लिचफिल्ड र बोटानिकल गार्डेन लगायतका ठाउमा गरिएको म्युजिक भिडियोका छायाँकार समेत रहेका डार्बिनका प्रतिभाशाली ब्यक्ति बि पी भन्डारीले बताउनु भयो। कोरियोग्राफर साथै निर्देशक श्रद्धा बराल रायले  यो भिडीयोमा गाउले परिबेश देखी प्रेममा हुने हाउभाउहरु को निकै उत्कृष्ट सम्मिश्रण रहेको र बिदेशमा छायाँकन गरिए पनि सक्दो नेपालीपन दर्शाउन खोजिएको जानकारी दिनु भयो। दिनेश परियार र सुस्मिता बरालको मुख्य अभिनय रहेको यस म्युजिक भिडीयोले नेपाली सांगितीक जगतमा नया आयाम थप्नेमा सम्पूर्ण टिमनै बिस्वस्थ रहेको मुख्य निर्माता शुसिल श्रेष्ठले दाबि गर्नु भयो।

पुराखबर अनलाइन परिवार पनि यो गीत को प्रगतिको कामना गर्दछ।
स्रोत: अमृत ज्ञवाली/ डर्विन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP