मंगलबार , बैसाख २९, २०८३

बुटवल । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले अब छिट्टै नै सबै नेपालीको घरमा विद्युत जडान हुने बताएकी छन् । बुटवलमा सोमबार आयोजित कार्यक्रममा उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत पुगेको र अब दुई वर्षभित्रै सबै घरमा चाहिए जति विद्युत उपलब्ध गराउने सरकारको तयारी रहेको बताइन् ।

बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइनको सोमबार रुपन्देहीको मैनहियामा उद्घाटन उनले विद्युतीय उपकरण प्रयोग गर्न जोड पनि दिइन् । ’यातायात, सिंचाईलगायतका क्षेत्रमा पनि अब विद्युतीय साधन प्रयोग गर्नुहोस्, विद्युतीय सवारी साधनका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउँने छ, त्यसैले म सवारी किन्न चाहनेहरूलाई विद्युतीय साधन नै किन्न अनुरोध गर्छु,’ उनले भनिन् ।

सबै क्षेत्रमा प्रयोग गरेर बढी भएको बिजुली भारत र बंगलादेशमा बिक्री गरिने मन्त्री भुसालको भनाइ छ । ’अहिले भारतमा दैनिक ४०० मेगावाट विद्युत बिक्री भइरहेको छ, बंगलादेशसँग पनि ५० मेगावाट बिक्री गर्ने समझदारी बनेको छ.’ उनले भनिन् ।

उर्जामन्त्री भुसालले विद्युतको प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने बताइन् । सिंचाईका लागि प्रयोग हुने विद्युत महशुलमा ७५ प्रतिशत कटौती गरिएको र यसबाट किसानलाई राहत हुने पनि उनले बताइन् । बुटवल-लुम्बिनी प्रसारण लाइनबाट अव यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने पनि मन्त्री भुसालले बताइन् । अन्य आयोजनाहरू समयमै पूरा नहुने परिपाटीबीच यो आयोजना समयमै सम्पन्न भएकोमा उनले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई धन्यवाद दिइन् ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना यस क्षेत्रका लागि अति नै महत्वपूणर् रहेको भन्दै अब यो क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने बताए । प्राधिकरणले अहिले मनहिया-सम्पत्तिया प्रसारण लाईन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बढी भएको विजुली भारतमा बिक्री गर्न सकिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP