मंगलबार , असार २३, २०८३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर कारोबार ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिएको छ । आइतबार १ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो । सोमबार नेप्से परिसूचक ४.२ अंक घटेर १९७३ अंकमा कायम भएको छ ।

कुल ६१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने १० को स्थिर छ । सोमबार बैंकिङ १.३, विकास बैंक १०.८, फाइनान्स ९.८, होटल तथा पर्यटन ८, जलविद्युत् ६, जीवन बिमा ५, निर्जीवन बीमा ४, अन्य १५ तथा ब्यापार उपसमूह ८ अंक घटे ।

उत्पादन १ र माइक्रोफाइनान्स उपसमूह २ अंक बढे । मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढ्यो । रुरुको सबैभन्दा धेरै ६.५ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, नेस्डो लघुवित्त र नेपाल टेलिकम क्रमशः अगाडि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP