सोमबार , जेठ २७, २०८२

टोकियो । प्रशान्त महासागरमा प्लाष्टिकको ९० प्रतिशतभन्दा बढी तैरिरहेको फोहोर जम्मा ६ वटा देशबाट जम्मा हुने गरेको एउटा नयाँ अनुसन्धानले देखाएको छ । प्रायः फोहोर जापान र चीनमा अत्यधिक माछा मार्ने पक्रियाबाट जम्मा हुने अध्ययनमा देखाइएको छ ।

विश्लेषण र उचित नमूनापछि महासागर सफाई परियोजना र वासिंगटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले वैज्ञानिक रिपोर्ट जर्नलमा आफ्नो रिपोर्ट प्रकाशित गरेका छन् । उत्तर प्रशान्त महासागरमा हाल हजारौं टन तैरिरहेको प्लास्टिकको फोहोरले ढाकिएको अनुसन्धानमा उल्लेख छ । फोहर फैलिएको क्षेत्रलाई उत्तर प्रशान्त गार्बेज प्याच (एनपीजीपी) भनिएको छ ।

फोहोरको ठूलो अंश माछा मार्ने जाल र डोरी रहेको अध्ययनले देखाएको छ । बाँकी फोहर प्रायः कडा प्लास्टिक वस्तुहरू र टुक्राहरू मिलेर बनेको छ । अध्ययनअनुसार महासागरमा जम्मा तैरिने फोहरमध्ये ३३ दशमलब ६ प्रतिशत जापान, ३२ दशमलब ३ प्रतिशत दक्षिण कोरिया र ९दशमलब ९ प्रतिशत अमेरिकाको रहेको छ । त्यस्तै, ६ दशमलब ५ प्रतिशत ताइवान र ४ दशमलब ७ प्रतिशत फोहरमा क्यानडा जिम्मेवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP