शुक्रबार , जेठ १७, २०८२

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर नेपाल कम्युनिस्ट पार्टी [नेकपा] ओली समूहमा लागेका छन् । तिलोत्तमाका मेयर वासुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरी ओली समूहमा खुलेका हुन् ।

महासचिव विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबूकमा मेयर वासुदेव घिमिरेसँगको तस्वीर राख्दै ‘साथै छौं, साथै रहनेछौं !’ भनेर लेखेका छन् । महासचिव पाैडेलले फेसबुकमा राखेको तस्वीर भैरहवा गाैतमबुद्ध बिमानस्थलमा आज खिचिएको हाे ।

महासचिवको पहल र केहि सर्त सहित घिमिरेले गुट बदलेका हुन् । सर्तहरु के -के थिए बाहिर खुलाइएको छैन । मेयर घिमिरेले आफूसहित अधिकांश कार्यपालिका सदस्यले महासचिव विष्णु पौडेललाई साथ दिने निधो गरेको जानकारी दिए ।

आइतवार महासचिव पौडेललाई बिदाइ गर्न मेयर घिमिरे, उपमेयरसहित नेताहरू भैरहवा विमानस्थल पुगेका थिए । यसअघि मेयर घिमिरे लामाेसमयदेेखि नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालको साथमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु