मंगलबार , बैसाख २९, २०८३

सुनसरी ।नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सुनसरी-४ बाट सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेस सुनसरी ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचन कार्यसमितिले कार्कीको सर्वसम्मत सिफारिस गरेको हो ।

०७४ को निर्वाचनमा बाम गठबन्धनका बाबजुद कार्की कांग्रेसका २३ जना मध्ये सर्वाधिक मतानन्तरले विजयी भएका थिए । कार्कीले वाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५९७ मतान्तरले पराजित गरेका थिए ।

तत्कालीन अर्थमन्त्री समेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाउँदा श्रेष्ठले २५ हजार ७५० मत पाएका थिए । यस पटक उनी पाँच दलीय गठबन्धनबाट सुनसरी- ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निश्चित जस्तै छ ।

सरकार प्रवक्ता तथा गठबन्धन कार्यदल सदस्य कार्कीको निर्वाचन क्षेत्रमा स्थानीय तह चुनावमा कांग्रेसले पालिकास्तरमा क्लिन स्वीप गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP