मंगलबार , बैसाख २९, २०८३

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । पार्टीको तनहुँ जिल्ला कार्य समितिको आज बसेको बैठकले उनलाई सो स्थानबाट उम्मेदवार हुन सिफारिस गरेको हो ।

यसैगरी सोही क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शङ्कर भण्डारीलाई पनि सिफारिस गरिएको सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । यसैगरी समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का सिफारिस भएका छन् । यसैगरी क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, डोवाटे विक, पूणर्बहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलको नाम सिफारिस गरिएको छ ।

प्रदेश (ख) तर्फ डम्बरबहादुर अधिकारी, दीपक भट्टराई, रामचन्द्र अधिकारी र अर्जुन अधिकारीको नाम सिफारिस गरिएको छ । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, धु्रव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस भएका छन् ।

प्रदेश (क) प्रत्यक्षमा प्रा डा कृष्णप्रसाद गौतम, किसान गुरुङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा शेषरमण न्यौपाने र यामबहादुर खाँण ठकुरी सिफारिस भए । प्रदेश (ख) तर्फ मिलन आले, चुडामणि खनाल, मोहन गिरी, दुर्गबहादुर राना, इन्द्रबहादुर आले र जीवन चन्द ठकुरी सिफारिस भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP