सोमबार , बैसाख ८, २०८२

काठमाडौं । पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजारभन्दा बढी पर्यटन भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा ती पर्यटक नेपाल आएका हुन् ।

सो अवधिमा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट ३ लाख २० हजार ७३९ जना पर्यटक स्वदेश फर्केका थिए । विश्वमा कोरोना महामारी फैलिएसँगै नेपालमा पर्यटकको आवागमन रोकिएको थियो । कोरोना खोपको विकास र अधिकांश देशले कोरोनाबाट बच्न लगाएको लकडाउन हटाएपछि नेपालमा पर्यटक आउन पुनः सुरु गरेका हुन् ।

विभागका अनुसार गत जनवरीमा १६ हजार ९७५ जना पर्यटक नेपाल आएका थिए भने १७ हजार ९८४ जना नेपालबाट फर्केका थिए । फेब्रुअरी महिनामा नेपाल आउने पर्यटकको संख्या १९ हजार ७६६ र फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।

यस्तै, अप्रिलमा ६१ हजार ५८९ जना पर्यटक नेपाल आएका थिए भने ५२ हजार ९९७ जना नेपालबाट स्वदेश फर्केका थिए । मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना नेपालबाट ३४ हजार ३६ जना पर्यटक फर्केका थिए ।

गत जुन महिनामा नेपाल आउने पर्यटकको संख्या ४६ हजार ९५७ र फर्कनेको संख्या ४७ हजार ८९३ रहेको थियो । मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल आएका थिए भने ६१ हजार ३५० जना पर्यटक फर्केका थिए । विभागका अनुसार जुलाई महिनामा ४४ हजार ४६२ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना ४५ हजार ९२० जना पर्यटक नेपालबाट फर्केका थिए ।

अगष्ट महिनामा ४१ हजार ३०४ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । अगष्ट महिनामा नेपाल घुमेर ४३ हजार २४९ जना पर्यटक फर्केका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP