मंगलबार , बैसाख २९, २०८३

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनाव लड्न कुनै दलले आँट नगरेको बताएका छन् । एक्लै लड्ने आँट नभएपछि गठबन्धनको बैसाखी टेकेको पनि पौडेलले बताए ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले दलहरूले एमालेसँग एक्लै लड्न नसक्ने कुरालाई सार्वजनिक रूपमै स्वीकार गरेको दाबी पनि गरे । ’एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट देखिएन,’ उनले भने । पौडेलले आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमाले मात्र भएको जिकिर गरे ।

उनले जस्तोसुकै गठबन्धनलाई पनि जनताले परास्त गर्ने दाबी गर्दै आगामी निर्वाचनमा एमालेले नै बहुमत सिटमा विजयी हासिल गर्ने बताए । ’एमालेले आगामी चुनावमा बहुमत सिट जित्छ, त्यसो हुन नसके ठूलो दलको रूपमा स्थापित हुन्छ,’ उपाध्यक्ष पौडेलले भने ।

उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै लड्दा पनि धेरै जित निकालेको दाबी गर्दै प्रचारलाई व्यवस्थित गर्न आग्रह गरे । एमालेले गरेका राम्रा काम जनतामा नजाने तर गठबन्धनले आफूले गर्दै नगरिकान कामलाई समेत श्रेय लिने गरी जनतामा भ्रम फैलाउने काम गरेको भन्दै उनले त्यसलाई मिडियाले चिर्नुपर्ने बताए ।

‘सत्य कुरा जनताले थाहा पाउनु पर्छ, तर गठबन्धनले जनतामा भ्रम छर्ने मात्रै काम गरेको छ, एमालेले साढे तीन वर्ष सरकार चलाउँदा भएका राम्रा कामबारे जनतालाई बुझाउनु जरुरी छ,’ पौडेलले भने । उनले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन भातृ संगठनहरूलाई आग्रह समेत गरे । निर्वाचन सम्मुखमै आइसकेको बताउँदै पौडेलले एमालेका लागि अनुकूल नतिजा आउने गरी परिणाम निस्कने गरी आ-आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे ।

बुटवलमा निर्माणाधीन तिनाउ दानव कोरिडोर प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सिर्जना नगर्न उनले आग्रह गरे । कोरिडोरमा पर्ने घरपरिवारलाई उनीहरूको इच्छाअनुसार चित्तबुझ्दो स्थानमा स्थानान्तर गर्ने बताउँदै पौडेलले सबैलाई ढुक्क हुन आग्रह गरे ।

एमाले काम गर्ने पार्टी भए पनि प्रचार गर्न नजान्दा त्यसको फाइदा विपक्षीले लिइरहेको उनको भनाई थियो । उनले भने, ’देशमा १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देही-२ विकासका हिसाबले सबैभन्दा अग्रभागमा छ । तर, हामीले ‘पोजेटिभ रेस्पोन्स’ पाउन सकिरेका छैनौँ । हामीले अब प्रचारमा पनि बढी ध्यान दिनुपर्ने अवस्था आएको,’ उनले भने ।

एसपीपीमा एमालेको विरोधकै कारण सरकार पछि हट्न बाध्य भएको पौडेलले बताए । एमसीसी एमालेको विरोधकाबीच कांग्रेस माओवादीले पास गरेको उनको भनाई थियो । ’नागरिकता विधेयक एमालेको विरोधकाबीच संसदबाट पास भयो’, उपाध्यक्ष पौडेलले भने, ’तर यसको जस एमालेले होइन गठबन्धनले लिइरहेको छ । हामीले सहज रूपमा बुझाउन सकेका छैनौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP