शनिबार , भाद्र १३, २०८३

बुटवल । नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले बुटवलस्थित जितगढी किल्लाको अवलोकन गर्नुभएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अनुरोधमा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले शनिबार बिहान जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गर्नुभएको हो ।

बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग शुक्रबार भएको भेटमा नगर प्रमुख पाण्डेयले जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरी सहकार्यका लागि प्रस्ताव गर्नुभएको थियो ।

नगरप्रमुख पाण्डेयले नेपाल-अंग्रेज युद्ध, युद्धकालमा भएका घटनाक्रम र जितगढी किल्लाका बारेमा निर्देशक वर्डलाई जानकारी गराउनुभएको थियो ।
उहाँले बुटवलको पूरानो बस्ती, शेनवंशीय ग्रीष्मकालीन दरबार र किल्ला आसपासको क्षेत्रको ऐतिहासिक, सांस्कृतिक महत्वलाई संरक्षण गर्ने गरी काम भइरहेको र युद्ध संग्रहालय निर्माणको चरणमा रहेको बताउनुभएको थियो ।

पाण्डेयले नेपाल-अंग्रेजबीचको तत्कालीन समयको घटनालाई स्मरण गर्ने गरी आगामी दिनमा मित्रताको रुपमा सम्बन्ध अगाडि बढाउन र बुटवलप्रति सकारात्मक भावना राख्न निर्देशक वर्डलाई आग्रह गर्नुभयो ।
नगरप्रमुख पाण्डेयले लुम्बिनी भ्रमणमा आउने मन्त्रीलाई जितगढी किल्लाको भ्रमणका लागि सहजीकरण गर्न र आवश्यक सहकार्यका लागि प्रस्ताव गर्नुभयो ।

जितगढी र पूरानो बुटवलको अवलोकन गरेपछि निर्देशक वर्डले नेपाल-अंग्रेज युद्ध भएकोे स्थलमा घुम्न पाउँदा खुशी लागेको र इतिहासबारे जानकारी पाएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।

उहाँले जितगढी किल्ला र आसपासको पूरानो बुटवलसँग जोडिनेगरी बेलायत सरकारको तर्फबाट सहकार्यका लागि प्रयास गर्ने बताउनुभयो ।
उहाँले बुटवल उपमहानगरपालिकासँग सहकार्यका लागि इच्छुक रहेको बताउँदै बेलायती मन्त्रीको भ्रमणका लागि प्रयास गर्ने बताउनुभयो ।
सो क्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले बुटवलको औद्योगिक अवस्थाका बारेमा निर्देशक वर्डलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP