शनिबार , भाद्र १३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकी धर्मपत्नी सपना राजभण्डारी जोशीले इच्छुक भएको निर्वाचन क्षेत्रबारे पार्टीमा आवेदन दिएकी छन् ।

क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेको थियो । त्यहीअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने गरी सपनाले पार्टीमा आवेदन दिएकी हुन् ।

उनको यसअघि पनि काठमाडौं महानगरको प्रमुख उम्मेदवारका रुपमा समेत चर्चा भएको थियो यस क्षेत्रबाट नेता राजुराज जोशीले पनि उम्मेदवार हुन पार्टीमा आवेदन बुझाएका छन् । जोशी १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ८ बाट सर्वसम्मत महासमिति सदस्य चयन भएकी थिइन् ।

नेता नवीन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गाँसिनुअघि उनी सक्रिय विद्यार्थी राजनीतिमा थिइन् । नवीन्द्र यही क्षेत्रबाट २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

०७४ को निर्वाचनमा उम्मेदवार बनेका जोशी ४४४ मतान्तरले वर्तमान पर्यटन मन्त्री जीवनराम श्रेष्ठसँग पराजित भएका थिए । काठमाडौंभित्र राम्रो सांगठनिक पकड र निष्ठा इमानदारीपूर्वक राजनीति गर्ने नवीन्द्रको छवि सर्वप्रिय थियो । नविन्द्रको निधनपछि उनले सुरुवात गरेको घरदैलो कार्यक्रममा सपनाले निरन्तर सहभागिता जनाउँदै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP