शनिबार , भाद्र १३, २०८३

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उम्मेदवार नबनाउने बताएका छन् ।

आज (शुक्रबार) मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बा-आमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उमेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे । ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदै छ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदैछ’ भनेर साहित्यकार नयनराज पाण्डेले बोलेपछि जवाफमा गगनले आलमलाई उम्मेदवार नबनाउने दावी गरेका हुन् ।

‘नयनराज दाइले गगनको पार्टी भन्नु भयो । कुनै बेला उहाँले पनि काम गरेको पार्टी हो’, उनले भने, ‘संविधानले वर्जित गरेको मात्र होइन नैतिकताको कसीमा राखेर हेर्दाखेरि छाती ठोकेर हो यो निर्णय हामीले गरेको, मैले गरेको भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन । यत्ति कुरा आश्वस्त पार्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP