शनिबार , भाद्र १३, २०८३

काठमाडौं । म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाएको छ । यस निर्वाचनमा सुकीको पार्टी अत्यधिक बहुमतका साथ विजयी भएको थियो ।
सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नुपर्ने सजाय सुनाइएको स्रोतले जनाएको छ । ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य हालसम्म राम्रै रहेको बताइएको छ ।

भ्रष्टाचार र अन्य आरोपमा बन्द अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहेकी उनलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाएको थियो। सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा पत्रकारहरूलाई रोक लगाइएको छ । सुकीका वकिलहरूलाई प्रेससँग वार्ता गर्न पनि रोकिएको छ ।

सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक मतदाता जालसाजी भएको आरोप लगाएको थियो । यस चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले ठूलो जित हासिल गरेको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताए पनि सेनाले त्यस चुनावको नतिजा रद्द गरेको थियो ।

सो चुनावमा ११ लाखभन्दा बढी जालसाजीका घटना पत्ता लगाएको सेनाको एकपक्षीय दाबी थियो । गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि म्यानमार संकटमा फसेको छ। देशको ठूलो हिस्सामा लडाइँ र अर्थतन्त्र खुम्चिएको छ । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP