आइतबार , बैसाख ७, २०८२

काठमाडौं । म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाएको छ । यस निर्वाचनमा सुकीको पार्टी अत्यधिक बहुमतका साथ विजयी भएको थियो ।
सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नुपर्ने सजाय सुनाइएको स्रोतले जनाएको छ । ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य हालसम्म राम्रै रहेको बताइएको छ ।

भ्रष्टाचार र अन्य आरोपमा बन्द अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहेकी उनलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाएको थियो। सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा पत्रकारहरूलाई रोक लगाइएको छ । सुकीका वकिलहरूलाई प्रेससँग वार्ता गर्न पनि रोकिएको छ ।

सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक मतदाता जालसाजी भएको आरोप लगाएको थियो । यस चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले ठूलो जित हासिल गरेको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताए पनि सेनाले त्यस चुनावको नतिजा रद्द गरेको थियो ।

सो चुनावमा ११ लाखभन्दा बढी जालसाजीका घटना पत्ता लगाएको सेनाको एकपक्षीय दाबी थियो । गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि म्यानमार संकटमा फसेको छ। देशको ठूलो हिस्सामा लडाइँ र अर्थतन्त्र खुम्चिएको छ । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP