सोमबार , जेठ २७, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक विकृत रुपमा आएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा विधेयकमाथिको छलफलमा बोल्दै पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले मिडिया काउन्सिल विधेयक आउनु राम्रो भए पनि विकृत रुपमा आएकाले सच्याउन जरुरी रहेको बताए ।

उनले उक्त विधेयकको भु्रण हत्या हुन्छ कि भन्ने लागेको पनि टिप्पणी गरे । ‘मलाई लाग्थ्यो यसको भ्रुण हत्या हुन्छ कि ? भएनछ धन्यवाद । तर केही कुरा विकृत भएर आएछ’ उनले मिडियालाई स्वायत्त बनाउने हो भने सोही क्षेत्रका निर्वाचित तीन जना मानिसहरु राख्नुपर्ने भनिए पनि अहिले आएको विधेयकमा सबै सरकारले मनोनित गर्ने गरी आएकोमा आपूु छक्क परेको बताएका छन् ।

‘हिजो एक लाखसम्मको जरिवाना काउन्सिलले गर्नसक्ने भन्ने थियो । त्यसोभन्दा खिल्ली उडाइएको थियो । बसिखप्न दिइएन । माइतीघर मण्डलाको दुवो एक दिन पनि सुखले बस्न पाएन’, बाँस्कोटाले थपे, ‘तर आज १० लाखसम्म जरिवाना गर्न पाउने भनेर आएछ । एउटै चिजलाई हेर्ने आँखा कस्ता हुन् ? गज्जब छ । अचम्म लागेको छ । मनिटरिङको सिस्टम अनलाइनमा ठिक छ ।’ उनले एउटै कुरामा हिजो अर्कै देख्ने र आज अर्कै देख्ने सत्ता पक्षका सांसदहरुको आँखा के भएको भनेर प्रश्न गरे । ‘यसमा जनताले आँखा उपहार दिनुपर्छ’, बाँस्कोटाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP