मंगलबार , असार २३, २०८३

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने र प्रधानमन्त्रीमा आफु नदोहोरी घोषणा गरिरहेका बेला नेकपा ओली पक्षका महासचिव बिष्णु पौडेलले भने आगामी महाधिवेशन र नयाँ बन्ने सरकारको नृतृत्व केपी ओलीले नै गर्नु पर्ने बताएका छन् । नेकपा ओली पक्षको लुम्बिनी प्रदेश कमिटीले आज बुटलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले बैशाखको निर्वाचन पछि पनि ओली नेतृत्व मुलुकले ओली कै नेतृत्व खोजेको बताए ।

उनले प्रतिपक्षले समेत सरकारको विरोध गर्न नसकेका बेला पार्टी भित्रैबाट जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री ओलीलाई असहयोग भएको भन्दै पार्टी भित्र केहि नलागेपछि केही स्वार्थी तत्वहरु पार्टीबाट किनारा लागेको बताए । पौडेलले कम्युनिष्ट पार्टी विभाजित नभएको बताउंदै आगामी दिनमा पनि विभाजित हुन नदिईने स्पष्ट पारे । उनले दुनियाका कोही ताकतले बैशाखमा हुने चुनाव रोक्न नसक्ने बताउँदै हिजो हारेका स्थानमा पनि चुनाव जितेर देखाउने दाबी गरे ।

उनले प्रचण्ड-नेपाल पक्षले पार्टी र मुलुकको सत्ता कब्जा गर्ने महत्वाकांक्षाले गर्दा केहि नेताहरु पार्टीबाट चोँईटिएर गएको बताए । उनले पार्टी विभाजन नभएको दाबी गर्दै केहि पार्टी भित्रका जङगली प्रबृर्ति भएका ब्यक्तिहका कारण पार्टी विभाजन हुने होकी भन्ने आशंका उत्पन्न भएको बताए ।

उनले सडकमा गएका केहि नेता कार्यकर्ताहरु अलमलमा रहेपनि केहि मुट्ठीभर तत्वहरु पार्टी छाडेर गएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP