शनिबार , भाद्र १३, २०८३

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा लचकता अपनाउने भएको छ ।
आज (बिहीबार) बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दाबी गरेको सय सिटबाट कांग्रेस तल झरेको एक नेताले जानकारी दिएका छन् ।

ती नेताका अनुसार कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने नयाँ प्रस्ताव गरेको छ । कांग्रेसले ९० सिटको नयाँ प्रस्ताव राखेको छ, यसअघि दाबी गरेको सय सिटबाट पछि हटे पनि अझै कुरा मिलेको छैन,’ ती नेताले भने, ‘गठबन्धनका अन्य दलले कांग्रेसले ८० भन्दा बढी दाबी गर्न नहुने अडान राखेका छौं ।’

कांग्रेसले आफ्नो दाबी छोड्ने बित्तिकै कुरा मिल्ने ती नेताहरुको तर्क छ । ‘मुख्य कुरा कांग्रेसको अडानले रोकिएको हो, अन्य दलमा समस्या छैन। कांग्रेस सहमतिमा आउने बित्तिकै कुरा मिल्छ, कांग्रेस लचक भएकैले चार घण्टादेखि छलफल भइरहेको छ,’ अर्का नेताले भने ।

कांग्रेस लचक भएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) पनि आफ्नो अडानबाट पछि हट्न तयार छन् । पहिला कांग्रेसले सहमति गर्नुपर्ने उनीहरुको शर्त छ । स्रोतका अनुसार चार दलले कांग्रेसलाई ८० देखि ८५ सिटमा ल्याएर सहमति गराउन चाहेका छन् ।

अन्य चार दलले ७५ देखि ८० सिट बाँडफाँट गर्न चाहेका छन् । शीर्ष नेतासहितको कार्यदलको बैठक बुधबार पनि बसेको थियो । सिट संख्यामा सहमति गरेपछि मात्र निर्वाचन क्षेत्रमा छलफल गर्ने गठबन्धनको तयारी छ । प्रत्यक्षतर्फका प्रतिनिधि सभाको १६५ र प्रदेश सभाको ३३० सिटमा सिट बाँडफाँट गरेर गठबन्धन चुनावी अभियानमा जाँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP