आइतबार , बैसाख ७, २०८२

क्वालालम्पुर । घुस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमती दोषी ठहर भएकी छन् । आर्थिक अनियमितताको आरोपमा बिहीबार उच्च न्यायालयका न्यायाधीशले ती अभियोगमा पूर्व प्रथम महिला रोजमाह मन्सुरलाई दोषी ठहर गरेको हो ।

मन्सुरलेसारावाकमा रहेको सौर्य ऊर्जा परियोजनासँग जोडिएको कुल १९४ मिलियन रिङिगट दुरुपयोग गरेको भन्दै अदालतले उनलाई दोषी ठहर गरेको हो । यसअघि उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी थिइन् ।

उनका पति नजिबले भ्रष्टाचार आरोपमा १२ वर्षको जेल सजाय भोग्न थालेको केही दिनपछि यो फैसला आएको हो । अभियोगमा २० वर्ष जेल सजाय र घुस रकमको पाँच गुणासम्म जरिवाना हुन्छ ।

७० वर्षीय मन्सुर विलासिताका सामान र गहनाप्रतिको आशक्तिका लागि परिचित छन् । सन् २०१८ मा प्रहरीले छापा मार्दा १ दशमलब ६ मिलियन डलर बराबरको सुन, हिराको हार, ताज र व्याग फेला पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP