शनिबार , भाद्र १३, २०८३

बाँके । बाँकेमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले बाँकेबाट एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका-१ बानियागाउँका छविलाल केवट रहेका छन् ।

उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान एक, लोडगरी राखेको भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी १०० ग्राम, सिसा र फलामको गोली (छर्रा) ५०० ग्राम र पटाका नौ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

बुधबार बिहान अबैध हातहतियार रहेको सूचनाका आधारमा इप्रका भगवानपुरबाट प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा गएको प्रहरी टोलीले केवटसहित हातहतियार बरामद गरेको हो । केवटमाथि हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP