मंगलबार , अषोज २७, २०८३

न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यका विभिन्न स्थानमा विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको छ । प्रसिद्ध टाइम्स स्क्वायर, न्यूयोर्क शहर र राज्यका अन्य सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् ।

न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्ने प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबारदेखि लागु भएको छ ।

कानुन पारित भएसँगै बार, पुस्तकालय, विद्यालय, सरकारी भवन र अस्पताललगायतका स्थानमा हतियार बोक्न निषेध गरिएको छ । प्रतिबन्धहरू कानून प्रवर्तन अधिकारीहरूमा भने लागू हुने छैन् ।

बन्दुकसँग सम्बन्धित आक्रमणका कारण अमेरिका वर्षेनी दर्जनौँ मानिसको मत्यु हुने गरेको छ । बन्दुकको पहुँचमा कडाइँ नहुँदा बन्दकजन्य हिंसाका घटनामा वृद्धि भएको विज्ञहरुले बताउँदै आएका छन् । यसैबीच वासिङ्टनमा दुई जना विद्यार्थी साथीलाई गोली हानेर घाइते बनाएको आरोपमा एक किशोर पक्राउ परेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP