शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीदको बलिदानीपछि प्राप्त गणतन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धरापमा पारेको आरोप लगाएका छन् ।

ओलीले शहीदको रगतले लेखेको संविधान नै धरापमा लाने कोशिस गरेकाले त्यसकाविरूद्ध लड्नु पर्ने अवस्था आएको बताएका छन् ।

जनयुद्ध दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा दाहालले भने, शहीदको सपनालाई कुल्चिने प्रयास भएको छ । हामी मर्नबाट बचेका मान्छेका आँखा अगाडि शहीदको सपना कुल्चने प्रयास भएको छ,’ दाहालले भने, ‘हामी जीवन मरणको अवस्थामा छौँ, उनीहरूको सपनालाई कुल्चिन दिन्नौँ यो प्रण गर्छौँ ।’

आजै दाहालले बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीपछि प्राप्त उपलब्धि रक्षाका लागि एकतावद्ध हुन अपिल गरेका थिए ।

२५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले नेपालमा सशस्त्र विद्रोहको शुरूवात गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP